दफा
कोषको पूँजी
: (१) कोषको अधिकृत पूँजी दश अर्ब रुपैयाँ र चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ हुनेछ ।
(२) कोषको चुक्ता पूँजीमा नेपाल सरकारको नब्बे प्रतिशत र नेपाल राष्ट्र बैङ्कको दश प्रतिशत शेयर रहनेछ ।
(३) नेपाल सरकारको स्वीकृति लिई समितिले आवश्यकता अनुसार कोषको पूँजी बढाउन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम कोषको चुक्ता पूँजी नेपाल सरकारले तोकेको शर्त तथा प्रक्रिया अनुसार चुक्ता गरिनेछ ।