नियम ५
कोषको प्रयोग
व्यापक जनपरिचालनका आधारमा सञ्चालन हुने गरी कोषको प्रयोग देहाय बमोजिमको कार्यमा हुनेछः –
(क) बृहत्तर सार्वजनिक हित र सामुदायिक उपयोगका योजना निर्माण गर्न,
(ख) युवाहरुलाई लक्षित गरी नवीनतम तथा उपयुक्त प्रविधिको विकास गर्न,
(ग) स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र स्थानीय वस्तुको उत्पादन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्न,
(घ) शहरी सौन्दर्य प्रवद्र्धन, विकास तथा राष्ट्रिय महत्वका नदीनालाको सरसफाई तथा बचाउ अभियान सञ्चालन गर्न,
(ङ) उच्च मूल्ययुक्त निर्यातयोग्य वस्तुको उत्पादन र प्रवद्र्धनसँग सम्बन्धित अभियान सञ्चालन गर्न,
(च) आर्थिक तथा सामाजिक रुपले अति विपन्न र सीमान्तकृत समुदायको संरक्षण,सशक्तिकरण तथा विकासको लागि विभिन्न
कार्यक्रम सञ्चालन गर्न,
(छ) महिला तथा दलित विरुद्ध हुने हिंसा तथा सामाजिक, सांस्कृतिक विकृति विरुद्धको अभियान परिचालन गर्न,
(ज) नवीकरणीय ऊर्जा जस्तै बायोडिजेल, इथानोल, सौर्य, वायु इतयादिको उत्पादन र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न,
(झ) विभिन्न क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाई कार्यक्रम सञ्चालन गर्न,
(ञ) नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा कोषको उद्देश्यको अधीनमा रही नेपाल सरकारले तोकेको अन्य काम गर्न,
(ट) कोषको प्रशासनिक खर्च गर्न,
(ठ) कोषको उद्देश्य हासिल हुने अन्य आवश्यक कार्य गर्न ।