नियम
कोषको प्रयोग
कोषमा जम्मा भएको रकम देहाय बमोजिमको कार्यमा खर्च गरिनेछ ः–
(क) अवैध मदिरा नियन्त्रण गर्ने,
(ख) खण्ड (क) बमोजिमको कार्यमा सहयोग पु¥याउने सुराकीलाई पुरस्कार दिने,
(ग) खण्ड (क) बमोजिमको कार्यलाई प्रभावकारी ढङ्गले संचालन गर्न आवश्यक प्रचार, प्रसार, विज्ञापन तथा सूचना प्रकाशन गर्ने,
(घ) खण्ड (क) बमोजिमको कार्यको निमित्त गठन हुने कार्यटोली वा त्यससँग सम्बन्धित
कर्मचारीलाई दिइने पारिश्रमिक, भत्ता तथा पुरस्कार,
(ङ) अवैध मदिरा नियन्त्रण गर्ने समितिले आवश्यक सम्झेका अन्य कार्यमा खर्च गर्ने ।