नियम २०
कोषको रकम बैङ्कमा जम्मा गर्नुपर्ने
(१) ऐनको दफा ५ बमोजिम कोषमा रहने रकम समितिले तोकेको नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त "क" वर्गको बाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) कोषको दैनिक कारोबारको लागि समितिले तोकिदिएको रकम बाहेक कोषको सम्पूर्ण रकम. उपनियम (१) बमोजिमको बैङ्क खातामा जम्मा गरी बैङ्क मार्फत् कारोबार गर्नु पर्नेछ।
(३) कोषको खाताको सञ्चालन कार्यकारी निर्देशक वा निजले तोकेको कुनै एक जना अघिकृत. र कोषको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।
(४) कोषले बैङ्कसँगको कारोबारको मासिक रुपमा हिसाब अद्यावधिक गर्नु पर्नेछ ।