दफा ४१
कोषको लेखा
: (१) कोषले नेपाल लेखामान अनुसारको लेखा प्रणाली अनुरुप कारोबार र वित्तीय अवस्था स्पष्ट देखिने गरी निक्षेप सुरक्षण कोष, कर्जा सुरक्षण कोष र निक्षेप सुरक्षण जोखिम कोषको लेखा, रजिष्टर, वित्तीय प्रतिवेदन जस्ता विवरण छुट्टाछुट्टै रुपमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल लेखामानमा समावेश नभएका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्डलाई आधारको रुपमा लिनु पर्नेछ ।
(३) उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त दफा ४२ बमोजिमको लेखा परीक्षण समितिले निर्धारण गरे बमोजिमको ढाँचाको विद्युतीय स्वरुपमा अन्य विवरणहरु समेत राख्नु पर्नेछ ।
(४) उपदफा (१) वा (३) बमोजिम राखिने लेखामा कोषको काम कारबाहीको वास्तविक स्थितिको जानकारी हुने गरी कोषको आम्दानी, आर्थिक कारोबार, लगानीको वास्तविक स्थिति तथा दायित्वको विस्तृत विवरण स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
(५) कोषबाट हुने सबै खर्चहरू स्वीकृत वार्षिक कार्यक्रम र बजेटको अधीनमा रही गर्नु पर्नेछ ।
(६) कोषले प्रत्येक आर्थिक वर्षमा आफ्नो वासलात र आय व्ययको हरहिसाब तयार गरी प्रमुख कार्यकारी अधिकृत तथा लेखा विभाग प्रमुखले प्रमाणित गरी प्रकाशन गर्नु पर्नेछ ।
(७) कोषले आफ्नो वासलात, आय व्यय हिसाब र सोसँग सम्बन्धित विवरण समेत खुलाई आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र वार्षिक प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।