नियम
कोषको विवरण
(१) कोषमा जम्मा भएको रकम समितिले निर्धारण गरेको मापदण्ड
र प्रक्रियाको आधारमा वितरण गरिनेछ ।
(२) उपनियम (१) बमोजिम कोषको रकम वितरण गर्दा आर्थिक वर्ष २०५४।५५
मा सम्बन्धित नगरपालिकाले चुंगीकरबाट आर्जन गरेको आम्दानी भन्दा कम नहुने
गरी वितरण गर्नु पर्नेछ ।
(३) यो नियम प्रारम्भ भएपछि नया“ गठन हुने नगरपालिकाको लागि समेत यस
नियमावली बमोजिमको रकम उपलब्ध गराइनेछ । त्यसरी उपलब्ध गराइने रकम सबै
भन्दा कम निकासा पाउने नगरपालिकाले प्राप्त गर्ने रकम भन्दा कम हुने छैन ।