दफा ५
कोषको सञ्चालन
(१) कोषको सञ्चालन गर्न बैङ्कमा सरकारी खाता सरह खाता खोली सञ्चालन गर्नु पर्नेछ ।
(२) कच्चा पदार्थ तथा स्पेयर पार्टस् खरिद गर्नु पर्ने निकायहरुमा दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम छुट्याईएको रकमबाट पच्चीस प्रतिशत रकम कच्चा पदार्थ तथा स्पेयर पार्टस् खरिद गर्न छुट्याई राख्नु पर्नेछ ।