दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको कार्य सञ्चालन कोष सम्झनु पर्छ ।

(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ र सो शब्दले मन्त्रिपरिषद् सचिवालयलाई समेत जनाउँछ ।

(ग) “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ र सो शब्दले सरकारी कारोबार गर्ने अन्य बैङ्क समेतलाई जनाउँछ ।

(घ) “गत आर्थिक वर्ष” भन्नाले चालू आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष सम्झनु पर्छ |