नियम ३
कोषको स्थापना
(१) नयाँ नेपाल निर्माणको लागि व्यापक जनपरिचालन सहित अभियाजनको रुपमा कार्यक्रम तथा योजना सञ्चालन गर्न नयाँ नेपाल निर्माण कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) कोषमा देहाय बमोजिम रकम रहनेछन्ः –
(क) आम नेपाली जनताबाट प्राप्त रकम,
(ख) गैर आवासीय नेपालीहरुबाट प्राप्त रकम,
(ग) सार्वजनिक क्षेत्र एवं सङ्गठित क्षेत्रका कर्मचारीहरुबाट प्राप्त तलब /पारिश्रमिक अंश दान,
(घ) विभिन्न संघ, संस्था र व्यक्तिबाट प्राप्त रकम,
(ङ) विदेशी राष्ट्रहरुबाट प्राप्त रकम,
(च) अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त रकम
(छ) नेपाल सरकारबाट प्राप्त रकम,
(ज) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) उपनियम (२) को खण्ड (ङ) वा (च) बमोजिमको रकम प्राप्त गर्नु अघि कोषले नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।
(४) कोषले प्रत्येक तीन÷तीन महिनामा कोषमा रकम जम्मा गर्ने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गर्नेछ ।
(५) कोषमा जम्मा हुने रकम प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क” वर्गको बैङ्कमा खाता खोली जम्मा गर्नेछ ।
(६) कोषको खाताको सञ्चालन सदस्य–सचिव र कोषको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।