नियम
कोषको स्थापना

३. कोषको स्थापना

(१) ऐनको दफा ७३ख. बमोजिम निजामती कर्मचारी कल्याणकारी कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम जम्मा गरिनेछ :–
(क) वहालवाला कर्मचारीको मासिक खाईपाई आएको तलबको ०.३ (शून्य दलमलव तीन) प्रतिशत कट्टा गरिएको रकम,
(ख) पूर्व कर्मचारीको पेन्सनको ०.३ (शून्य दलमलव तीन) प्रतिशत कट्टा गरिएको रकम,
(ग) नेपाल सरकारले खर्च व्यहोर्ने गरी विदेश भ्रमणमा जाने कर्मचारीले प्राप्त गर्ने दैनिक भत्ताको पाँच प्रतिशतले कट्टा गरिएको रकम,
(घ) सरकारी बैठकमा सहभागी भए बापत कर्मचारीले प्राप्त गर्ने भत्ताको दुई प्रतिशतले कट्टा गरिएको रकम,
(ङ) नेपाल सरकारले प्रदान गरेको रकम,
(च) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त भएको रकम,
(छ) कोषलाई अन्य कुनै स्रोतबाट प्राप्त भएको रकम ।
(३) उपनियम (२) को खण्ड (च) बमोजिमको रकम प्राप्त गर्नु अघि अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको रकम सञ्चालक समितिले तोकेको बैंक तथा वित्तिय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजत प्राप्त “क” वर्गको बैंकमा कोषको नाममा छुट्टै खाता खोली जम्मा गरिनेछ ।
(५) उपनियम (२) को खण्ड (क) तथा (ख) बमोजिम कट्टा गरिने रकम कर्मचारी कार्यरत कार्यालयले रकम भुक्तानी गर्दाका अवस्थामा र खण्ड (ग) र (घ) बमोजिमको रकम कट्टा गर्दा दैनिक भत्ता तथा बैठक भत्ता भुक्तानी गर्ने कार्यालयले त्यस्तो भत्ता गर्दाको बखत
कट्टा गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कट्टा गरिएको रकम काठमाडौं उपस्यकास्थित कार्यालयले सोझै र काठमाण्डौं उपत्यका बाहेक अन्य जिल्ला स्थित कार्यालयले सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत उपनियम (४) बमोजिमको खातामा
जम्मा गर्नु पर्नेछ ।
(७) कोषको खाताको सञ्चालक सदस्य–सचिव र कोषको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(८) उपनियम (१) बमोजिम जम्मा हुने रकमको विवरण सञ्चालक समितिले वार्षिक रुपमा सार्वजनिक गर्नेछ ।