नियम २
परिभाषा
२. परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यक्ष” भन्नाले सञ्चालक समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कर्मचारी” भन्नाले वहालवाला निजामती कर्मचारी सम्झनु पर्छ ।
(ग) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना गरिएको निजामती कर्मचारी कल्याणकारी कोष सम्झनु पर्छ ।
(घ) “अवकाश प्राप्त व्यक्ति” भन्नाले सेवा निवृत्त निजामती कर्मचारी सम्झनु पर्छ ।
(ङ) “सञ्चालक समिति” भन्नाले नियम ४ बमोजिम गठित निजामती कर्मचारी कल्याणकारी कोष सञ्चालक समिति सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(छ) “सदस्य–सचिव” भन्नाले सञ्चालक समितिको सदस्य–सचिव सम्झनु पर्छ ।