नियम २२
कोषमा रकम प्रदान गर्न सक्ने
(१) कुनै पनि स्वदेशी वा विदेशी संस्था वा व्यक्तिले कोषमा आफूले चाहेको रकम प्रदान गर्न सक्नेछन् ।
(२) कोषले विभिन्न व्यक्ति तथा संस्थाबाट सहज रुपमा रकम सङ्कलन गर्न प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्नेछ ।