दफा २६
कोषलाई सूचना तथा तथ्याङ्क बुझाउनु पर्ने
: (१) सुरक्षित सदस्य संस्थाले निक्षेपको प्रकार, निक्षेपकर्ताको संख्या र निक्षेप रकम लगायतका विवरण कोषले तोकिदिएको ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको मितिले पन्ध्र दिनभित्र कोषलाई बुझाउनु पर्नेछ ।
(२) कोषले तोके बमोजिम सुरक्षित सदस्य संस्थाले निक्षेप तथा निक्षेपकर्ताको तथ्याङ्क, सूचनाहरूको सञ्चय वा संग्रह समेत गरी राख्नु
पर्नेछ ।