दफा २८
क्तिीय जानकारी इकाईको प्रमुखको नियुक्ति
(१) राष्ट्र बैङ्कमा कार्यरत कम्तीमा प्रथम श्रेणीको अधिकृतमध्ये देहायको योग्यता र अनुभव भएको अधिकृत वित्तीय जानकारी इकाईको प्रमुखको पदमा नियुक्तिको लागि योग्य मानिनेछ:-

(क) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण, व्यवस्थापन, _ अर्थशास्त्र आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय; वाणिज्य, जनप्रशासन, सार्वजनिक लेखा, वित्त व्यवस्थापन वा कानूनमा कम्तीमा स्नातकोत्तरको उपाधि हासिल: गरेको वा चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरेको,

(ख) वित्तीय जानकारी इकाई वा राष्ट्र बैङ्कमा नियमन, सुपरिवेक्षण वा कानूनसँग सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्षको कार्य अनुभव प्राप्त गरेको,

(ग) पछिल्लो पाँच वर्षमा कुनै बिभागीय कारबाहीमा नपरेको ।

(२) उपनियम (१) बमोजिम योग्यता पुगेका कम्तीमा प्रथम श्रेणीको अधिकृतमध्येबाट एक जनालाई वित्तीय जानकारी इकाईको प्रमुखको पदमा नियुक्तिको लागि समन्वय समितिले गभर्नरलाई परामर्श दिनेछ ।

(३) उपनियम (२) बमोजिम समन्वय समितिले परामर्श दिएको अधिकृतलाई गभर्नरले वित्तीय जानकारी इकाईको प्रमुखमा नियुक्ति गरी सोको जानकारी समन्वय समितिलाई दिनु पर्नेछ।

(४) उपनियम (३) बमोजिम नियुक्ति: हुने वित्तीय जानकारी इकाईको प्रमुखको पदावधि चार वर्षको हुनेछ।

(५) यो नियमावली प्रारम्भ हुँदाका बखत कार्यरत वित्तीय जानकारी इकाईको प्रमुख यसै नियमावली बमोजिम नियुक्त भएको मानिनेछ।

(६) वित्तीय जानकारी (इकाईको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि गभर्नरसमक्ष अनुसूची-२ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।

(७) वित्तीय जानकारी इकाईको प्रमुखले आफ्नो कामकारबाहीको एकीकृत: प्रगति विवरणको जानकारी त्रैमासिक रूपमा समन्वय समिति (र गभर्नरलाई गराउनु पर्नेछ।