नियम १५
क्षतिपूर्ति दिने
(१) धनादेश हुलाक कार्यालयमा दर्ता भैसकेपछि धनादेशको भुक्तानी हुन नपाउँदै धनादेश हराएमा प्रेषकले सो धनादेशको रकम र सो बापत तिरेको कमिशनको रकम समेत क्षतिपूर्तिको निमित्त दावीगर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम क्षतिपूर्तिको निमित्त दावीपरेमा हुलाक कार्यालयले त्यस्तो दावीपरेको मितिले ६ महीनाभित्र प्रेषकलाई क्षतिपूर्ति तिर्नेछ ।
१५क.लेखा र लेखापरीक्षणः (१) कोषको आय–व्ययको लेखा महालेखा परीक्षकद्वारा निर्धारीत ढाँचामा राखिनेछ ।
(२) कोषको यथार्थ हिसाब तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र केन्द्रीय धनादेश कार्यालयका प्रमुखले महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।
(३) कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(४) लेखा सम्बन्धी अन्य कार्यविधि प्रचलित कानून बमोजिम हुनेछ ।