दफा १०७
क्षतिपूर्ति निर्धारण
विनिमेय अधिकारपत्र अनादर गरेको अवस्थामा धारक वा दरपीठ गरिएको व्यक्तिप्रति उत्तरदायी हुने पक्षले व्यहोर्नुपर्ने क्षतिपूर्तिको रकम निर्धारण गर्र्दा देहायबमोजिम गरी निर्धारण गरिनेछः– (क)) विनिमेय अधिकारपत्रमा उल्लिखित रकमको अतिरिक्त सो अधिकारपत्र प्रस्तुत गर्दा, जनाउन लगाउँदा र प्रमाणित गराउँदा लागेको खर्च धारकले भराई लिन पाउनेछ । (ख) उत्तरदायी भएका दरपीठ गर्ने व्यक्तिले विनिमेय अधिकारपत्रको रकम भुक्तानी दिएमा सो रकम र त्यसको शोधभर्ना गरिने दिनसम्मको व्याज समेत सो दरपीठ गर्ने व्यक्तिले भराई लिन पाउनेछ ।