दफा ५०
क्षतिपूर्ति
(१) दफा ४७ बमोजिमको कसूरबाट कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो व्यक्तिको प्रचलित कानून बमोजिमको हकवालालाई उचित क्षतिपूर्ति र शारीरिक क्षति वा चोटपटक लागेमा त्यस्तो शारीरिक क्षति वा चोटपटक लागे बापत निजलाई उचित क्षतिपूर्ति वा उपचार खर्च कसूरदारबाट प्रचलित कानून बमोजिम भराई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम क्षतिपूर्ति वा उपचार खर्च व्यहोरेको कारणबाट यस ऐन बमोजिम हुने सजायमा कसूरदारलाई छुट हुने छैन।
(३) उपदफा (१) बमोजिमको क्षतिपूर्ति माग गर्नु परेमा कुनै व्यक्तिको मृत्यु भएको वा शारीरिक क्षति वा चोटपटक लागेको अवस्थामा तीस वर्षभित्र र अन्य कुनै हानि नोक्सानी भएकोमा थाहा पाएको मितिले एक वर्षभित्र उजुरी दिनु पर्नेछ।