दफा १२
खानतलासी लिने, कब्जा गर्ने प्रमुख जिल्ला अधिकारीको अधिकार

कुनै प्रमुख जिल्ला अधिकारीले आफनो अधिकार क्षेत्र भित्र बसोबास भएका कुनै व्यक्तिसँग विना गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।  इजाजतपत्र वा गैरकानुनी प्रयोजनको निमित्त कुनै हातहतियार वा खरखजाना राखिएको छ भन्ने भरपर्दो शंका लागेमा, वा त्यस्तो व्यक्तिसँग सो हातहतियार वा खरखजाना राख्न दिनु सार्वजनिक शान्तिको निमित्त उचित हुनेछैन भन्ने प्रमुख जिल्ला अधिकारीलाई विश्वास लागेमा कारण सहितको पर्चा खडा गरी सो पर्चाको आधारमा त्यस्तो व्यक्तिको घर जग्गामा वा अरू शंका लागेको ठाउँमा खानतलासी गर्न गराउन र इजाजतपत्र भएको वा नभएको जुनसुकै हातहतियार वा खरखजाना उपर कब्जा गर्न सक्नेछ ।

त्यस्तो किसिमको खानतलासी गर्दा गराउँदा प्रमुख जिल्ला अधिकारीले अरू कुनैअड्डाखानाको कर्मचारीलाई साक्षी राखी मात्र गर्नु गराउनु पर्छ ।