दफा ३६
खारेजी र बचाउ
: (१) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ऐन, २०५० खारेज गरिएकोछ ।
(२) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ऐन, २०५० बमोजिम भए गरेको सम्पूर्ण काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ऐन, २०५० बमोजिम नियुक्त वा मनोनयन भएका आजीवन सदस्य बाहेक उपकुलपति र सचिव तथा सभाका सदस्य, परिषद्का सदस्य यो ऐन प्रारम्भ भएपछि स्वतः पदमुक्त हुनेछन्।
(४) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ऐन, २०५० बमोजिमको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई निजहरुको योग्यता, अनुभव, कार्य विशिष्टता सहितको आधारमा र निजहरुको रुची अनुसार नेपाल सरकारले प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहने गरी तोक्नेछ ।
(५) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाममा रहेको चल अचल सम्पत्ति, लेनदेन कारोवार, ऋण, धन लगायतका अधिकार तथा दायित्वहरु नेपाल सरकारले प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रहने गरी तोक्नेछ ।