Preamble
प्रस्तावना
: नेपाल एउटा बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक भएकोले नेपालका सबै भाषा, साहित्य तथा संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र विकास गर्नु पर्ने कुरालाई हृदयङ्गम गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको अनुसन्धान एवं मौलिक सृजनाका माध्यमद्वारा समाजोपयोगी कृतिहरु तयार गर्न, गराउन र यस क्षेत्रका विद्वान तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न प्रज्ञा प्रतिष्ठान सम्बन्धी प्रचलित कानूनी व्यवस्थामा समयानुकूल संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।