दफा १४४
खारेजी र बचाउ
(१) देहायका ऐनहरू खारेज गरिएकाछन् ः-
(क) सेना सम्बन्धी अख्तियार सुम्पने ऐन, २०१५
(ख) सैनिक ऐन, २०१६
(ग) प्रधान सेनापतिको काम, कर्तव्य, अधिकार तथा सेवा शर्त ऐन, २०२६
(२) यो ऐन प्रारम्भ हुँदाका बखत नेपाली सेनामा बहाल रहेका सबै दर्जाका व्यक्ति यस ऐनबमोजिम नेपाली सेनाको तत् तत् पद तथा दर्जामा कायम रहेको मानिनेछ र निजहरू सेना सम्बन्धी प्रचलित कानुनले तोकेको अवधिसम्म आफ्नो पदमा बहाल रहनेछन ।
(३) उपदफा (१) बमोजिमका ऐनबमोजिम भए गरेका काम कारबाही यसै ऐनबमोजिम भए गरेको मानिनेछ ।