नियम १६८
खारेजी र बचाउ
: (१) सशस्त्र प्रहरी नियमावली, २०६० तथा सशस्त्र प्रहरी (प्राविधिक समूह) नियमावली, २०६७ खारेज गरिएका छन् ।
(२) सशस्त्र प्रहरी नियमावली, २०६० तथा सशस्त्र प्रहरी (प्राविधिक समूह) नियमावली, २०६७ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।