दफा ८८ण
खारेजीको लागि निवेदन दिन सक्ने
(१) बैङ्कले कुनै पनि वाणिज्य बैंकवा वित्तीय संस्थाका सम्बन्धमा शुरु गरेको फरफारखको प्रक्रिया समाप्त भएमा वा अन्य कुनै कारणले सो प्रक्रिया सम्पन्न नहुँदै सो सम्बन्धमा विशेष प्रशाषन समूहले दिएको सुझाव वा अन्य आधारमा समेत त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्था राम्रोसँग सञ्चालन हुन नसक्ने भन्ने कुरामा बैंकविश्वस्त भएमा त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थालाई खारेज गर्नका लागि अदालत समक्ष निवेदन दिन सक्नेछ । (२) उपदफा (१) बमोजीम बैङ्कले खारेजीको लागि निवेदन दिएकोमा त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाको खारेजीको सम्बन्धमा दामासाही सम्बन्धी ऐन, २०६३ को दफा १० को उपदफा (३) र दफा १३ लागू हुने छैन । (३) उपदफा (१) बमोजीम बैङ्कले निवेदन दिएकोमा त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्था खारेजीको लागी अदालतले लिक्विडेटर नियुक्त गर्ने आदेश दिन सक्नेछ ।