नियम १४
खास प्रकृतिका निवेदनमा खुलाउनु पर्ने अन्य कुरा
(१) नियम १३ मा उल्लिखित कुराहरूका अतिरिक्त अदालतमा मुद्दासँग सम्बन्धित कुनै निवेदन पेस गर्दा मुद्दा परेको साल, मुद्दाको क्रमसङ्ख्या र नाम, निवेदनमा माग गरेको कुरा, त्यसको कारण र आधार तथा सम्बद्ध कानून उल्लेख गर्नु    पर्नेछ ।
(२) कुनै कार्यालय वा अदालतमा भएको कुनै मिसिल कागज झिकाई पाउँ भनी कुनै निवेदन पेस गर्दा मिसिल कागज रहेको कार्यालयको नाम, ठेगाना, कागज रहेको मुद्दाको नाम वा विषय र क्रमसङ्ख्या, कागज भएको मिति, मिसिल कागज कुन तथ्यको पुष्ट्याई वा खण्डनको लागि आवश्यक परेको हो सो कुरा र मिसिल वा कागजको अन्य परिचयात्मक विवरण उल्लेख गर्नु    पर्नेछ ।