दफा ४९
खेतीमा लगाएको गोरु वा अन्य साधन फिर्ता लिन नपाउने
 जग्गावालाले खेतीको कामको निमित्त मोहीलाई दिएको गोरु वा कृषिको अन्य साधन मोहीबाट फिर्ता लिन पाउनेछैन । त्यस्तो गोरु वा साधनको मोल गाउँपालिका वा नगरपालिकाबाट कायम गराई सो कायम भएको मोलका सम्बन्धमा पनि कृषि सम्बन्धी ऋण सरह यस परिच्छेदमा लेखिएको कुरा लागू हुनेछ ।