दफा
गिरफ्तार गर्ने अधिकार

(१) कुनै व्यक्तिलाई यस ऐन बमोजिमको कुनै कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान गर्ने अधिकारीले सोको कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।

(४) कसैले यस ऐन अन्तर्गत सजाय हुने कुनै कसूर गर्न लागेको फेला परेमा, निजको सो कामले गर्दा कुनै विष्फोटक पदार्थ उत्पादन हुने वा थन्क्याइने कुनै ठाउ“ वा कुनै रेल्वे लाइन वा कुनै विमानस्थल वा कुनै माल बाहक वा त्यसको आसपासमा विष्फोटन हुने वा आगलागी हुने सम्भावना देखिएमा सो ठाउ“को भोग चलन गर्ने व्यक्तिले वा निजको प्रतिनिधि वा निजबाट अधिकार पाएको अरु व्यक्तिले वा सार्वजनिक यातायातका धनी वा कर्मचारीले वा रेल्वे प्रशासन वा विमानस्थलका कुनै कर्मचारीले त्यस्तो व्यक्तिलाई भाग्न उम्कन नपाउने व्यवस्था गरी प्रहरीलाई खबर गर्नु पर्नेछ ।

(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (४) बमोजिमको अवस्था भएमा वा त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा निजले प्रमाण, दसी वा सबुत नष्ट गर्न सक्ने मनासिब कारण भएमा प्रहरीले त्यस्तो व्यक्तिलाई पक्राउ पूर्जी बिना गिरफ्तार गर्न सक्नेछ र गिरफ्तार गरिएको व्यक्तिलाई बाटाका म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।