नियम
गोपनीयता कायम राख्नु पर्ने
(१) बोर्डका सदस्य, सदस्य– सचिव वा कर्मचारीले पदीय
हैसियतमा काम गर्दा निजको जानकारीमा आएको सार्वजनिक भएको वा नभएको कुनै
गोप्य सूचना अन्य कुनै व्यक्तिलाई उपलब्ध गराउन वा सोको स्रोत वा भेद खोल्न हुँदैन ।
(२) बोर्डका कुनै सदस्य, सदस्य–सचिव वा कर्मचारीले पदीय हैसियतमा काम
गर्दा जानकारीमा आएको कुनै गोप्य सूचना निज वा निजको एकासगोलको परिवारको
कुनै सदस्यको लाभ, हित वा फाईदाको लागि प्रयोग गर्न वा गराउन हँुदैन ।
(३) उपनियम (१) वा (२) प्रतिकूल हुने गरी कुनै सदस्य, सदस्य– सचिव वा
कर्मचारीले कुनै काम गरेमा निजले पदीय आचरण पालना नगरेको मानिनेछ ।