नियम २८क
ग्राम समिति तथा नगर समितिको गठन
ः (१) प्रत्येक स्थानीय नगरपालिका र गाउ“ विकास समितिमा भूमिसुधार अधिकारीले क्रमशः नगर समिति र ग्राम समिति गठन गर्नेछ । (२) उपनियम (१) बमोजिम गठित समितिमा स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाको अध्यक्ष वा प्रमुख र उपाध्यक्ष वा उपप्रमुख वा निजहरूको काम सम्हाल्ने व्यक्तिहरू अध्यक्ष र उपाध्यक्ष रहने छन् । (३) स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाका सबै वडाका निर्वाचित सदस्यहरू समितिका सदस्य मनोनीत हुनेछन् । (४) स्वीकृत नीति र कार्यक्रमको अधिनमा रही समितिको काममा मद्दत गर्न भूमिसुधार अधिकारीले एकजना कर्मचारी सदस्य सचिव हुने गरी खटाउन सक्नेछ । (५) समिति गठन नभएको स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा सो गाउ“ विकास समिति वा नगरपालिका भित्रका वडा समितिलाई आ–आफ्नो वडामा समिति सहरकै काम, कर्तव्य तथा अधिकार हुनेछ । वडा समितिका सदस्यहरूले समितिका सदस्यहरूले पाउने सरह नै पारिश्रमिक पाउने छन् ।