नियम ४४
चिकित्सा शिक्षाका तह, विषय र कार्यक्रम
चिकित्सा शिक्षा अन्तर्गतका तह, विषय र कार्यक्रम अनुसूची-८ मा उल्लेख भए बमोजिम हुनेछ। ४५ स्पोन्सरसिप बमोजिम हुनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएका भए तापनि कुनै विश्वविद्यालय, प्रतिष्ठान तथा अन्य शिक्षण संस्थामा कुनै संस्था वा व्यक्तिको स्पोन्सरसिपमा अध्ययन गरेका विद्यार्थीको हकमा सोही स्पोन्सरसिपमा उल्लेख भए बमोजिम हुनेछ।

४६. अधिकार प्रत्यायोजन गर्न सक्ने आयोग र समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार आयोगको कुनै पदाधिकारी वा मातहतको कुनै निकाय वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

४७. अनुसूचीमा हेरफेर वा थपघट शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार हेरफेर वा थपघट गर्न सक्नेछ।