नियम २४क
चौकिदार, नाइके र सहनाइकेको नियुक्ति र संख्या
(१) कारागारको आन्तरिक व्यवस्थापनमा सहयोग लिने प्रयोजनको लागि जेलरले कारागारका कैदीहरुमध्येबाट देहाय बमोजिमको संख्यामा चौकिदार, नाइके र सहनाइके नियुक्ति गर्न सक्नेछ –
(क) प्रत्येक कारागारमा महिला तथा पुरुष कारागारको लागि एक÷एक जना र छुट्टा छुट्टै कम्पाउण्ड भएको प्रत्येक कारागार क)भवनको लागि एक÷एक जना चौकिदार,
(ख) पच्चीस बन्दी बराबर एक नाइके र
(ग) दश बन्दी बराबर एक सहनाइके ।
(२) उपनियम (१) बमोजिम चौकिदार, नाइके र सहनाइकेको संख्या निर्धारण गर्दा आषाढ मसान्तको बन्दीहरुको संख्यालाई आधार बनाउनु पर्नेछ र जेलरले सो नामावली सहितको विवरण कारागार व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कैदबाट एक पटक फरार भै पुन पक्राउमा परेर कैदमा रहेको, कैदी वा थुनुवालाई भगाउने काममा
संलग्न रहेको, अरु कैदी वा थुनुवालाई यातना दिएको, खराब चालचलन भएको र सोही आर्थिक वर्षको बीचमा कैद मुक्त हुने अवस्थामा रहेको बन्दीलाई चौकिदार, नाइके र सहनाइकेमा नियुक्त गरिने छैन ।
(४) चौकिदार, नाइके र सहनाइकेले अरु बन्दी वा थुनुवालाई शारीरिक यातना दिएको र अरु बन्दीस“ग कुनै किसिमको अनुचित फाइदा लिएको पाइएमा जेलरले त्यस्तो व्यक्तिलाई चौकिदार, नाइके र सहनाइकेबाट तुरुन्त हटाउनु पर्नेछ ।