नियम ४१
छुट दिन सक्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिक हवाई उडान दलको सदस्यता प्राप्त गरेको वा गैर सैनिक हवाई उडानमा सरकारी मान्यता प्राप्त उडान सम्बन्धी अनुभव वा प्राविधिक ज्ञान भएको वा महानिर्देशकले तोकेको कुनै विशेष परीक्षा सन्तोषजनक रुपबाट उत्तीर्ण भएको कुनै व्यक्तिको सम्बन्धमा महानिर्देशकले निजको प्राविधिक ज्ञान र क्षमताको समेत बिचार गरी हवाई सेवा सञ्चालन सम्बन्धी व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा अन्य प्रमाणपत्रको लागि चाहिने योग्यताहरुमध्ये केही योग्यताहरुमा छूट दिन सक्नेछ ।