दफा ४७
छुट्टै परिचयपत्र जारी गर्न सकिने
(१) गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा तोकिएको अवधिभन्दा बढी बसोबास गर्ने अन्य विदेशीलाई तोकिए बमोजिमको दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा अवधि तोकी अस्थायी प्रकृतिको छुट्टै परिचयपत्र जारी गर्न सकिनेछ। (२) उपदफा (१) बमोजिम अन्य विदेशीलाई परिचयपत्र प्रदान गर्दा नेपालमा कूटनीतिक नियोग रहेको विदेशीको हकमा सम्बन्धित कूटनीतिक नियोगको सिफारिस समेतलाई आधार मानिनेछ।

(३) उपदफा (१) बमोजिमको परिचयपत्र दिने, नवीकरण गर्ने, उपयोग गर्ने तथा रद्द गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।