नियम २४छ१
जगा बाँडफाँडको कार्यविधि
(१) ऐनको दफा २६घ४. को उपदफा (१) को प्रयोजनको लागि टोली खटाउनु अघि भूमिसुधार अधिकारीले देहायको विवरण तयार गर्नु पर्नेछ ः
(क) ऐनको दफा ९ को उपदफा (४) र दफा १४क. को उपदफा (२) बमोजिम नेपाल सरकारको स्वामित्वमा आउने मोही लागेका जग्गाहरुको
विवरण,
(ख) ऐनको दफा २६घ१. बमोजिम परेका निवेनदहरुको विवरण,
(ग) ऐनको दफा २६घ१. बमोजिमको म्याद भित्र जग्गा बाँडफाँड गर्न जग्गावाला र मोही कसैको पनि निवेदन नपरेमा कार्यालयको
अभिलेखबाट लगत कट्टा हुन बाँकी मोहीको विवरण ।
(२) उपनियम (१) बमोजिम विवरण तयार गरिसकेपछि जग्गावाला र मोहीबीच जग्गा बाँडफाँडको लागि भूमिसुधार अधिकारीले आफ्नो मातहतको कुनै कर्मचारीको नेतृत्वमा नापी कार्यालयको प्राविधिक कर्मचारी सहितको टोली खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको टोली खटाइसकेपछि भूमिसुधार अधिकारीले सो विषयको सूचना सम्बन्धित स्थानीय निकायलाई दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम खटिएको टोलीले सम्बन्धित जग्गाको स्थलगत निरीक्षण र आवश्यकता अनुसार सरजमिन समेत गरी जग्गाधनी र मोही बीच जग्गा छुट्याई त्यस्तो जग्गाको टे«श नक्शा समेत तयार गरी सो को प्रतिवेदन भूमिसुधार अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्रतिवेदन प्राप्त भएपछि भूमिसुधार अधिकारीले सो विषयमा आवश्यक जाँचबुझ गरी ऐन तथा यी नियमहरु बमोजिम जग्गाधनी र मोही बीच जग्गा बाँडफाँड सम्बन्धी निर्णय गर्नेछ ।