नियम ३९ड
जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी कार्यक्रमको संचालन
ः (१) परिषद्ले नेपालको कुनै वा सबै क्षेत्रमा जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी कार्यक्रम संचालन गर्न नेपाल सरकार समक्ष सिफारिश गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम सिफारिश प्राप्त भएपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी सम्बन्धी कार्यक्रम संचालन गर्न सक्नेछ ।