नियम ३९ढ
जग्गाको चक्लाबन्दी गर्ने प्रक्रियाको निर्धारण
नेपाल सरकारले चक्लाबन्दी कार्यक्रमको संचालन गर्दा देहायको प्रक्रिया अपनाउन सक्नेछ ः– (क) एक आपसमा सट्टापट्टा गरेर, (ख) सहकारिता वा समुदाय प्रणालीद्वारा संयुक्त रूपमा खेती गराएर, (ग) भाडामा लिएर, (घ) नेपाल सरकार वा स्थानीय निकायले जग्गा लिई वितरण गरेर, (ङ) एकै जनाले बृहत खेती गर्ने व्यवस्था मिलाएर ।