नियम २३
जग्गाको बिक्री वितरण
(१) ऐन बमोजिम प्राप्त र जफत भएको जग्गालाई भूमिसुधार अधिकारीले ऐनमा तोकिएको प्राथमिकताको आधारमा देहायको हदसम्म बिक्री वितरण गर्नेछ र सो प्रयोजनको निमित्त बिक्री वितरणमा जग्गा लिन चाहने व्यक्तिबाट दरखास् आव्हान गर्नेछ । यसरी आह्वान गरिएको सूचना जिल्ला भित्रका सम्बन्धित सबै गाउ“ विकास समिति वा नगरपालिकामा पठाउनु पर्नेछ र गाउ“ विकास समिति वा नगरपालिकाले सो सूचना आफ्नो इलाकाभित्र प्रकाशन गरी सो को जानकारी भूमिसुधार कार्यालयमा पठाउनु पर्नेछ ।
(क) तराई क्षेत्र अन्तर्गत शहरी इलाकामा बढीमा दुई कठ्ठा र अन्य इलाकाको जग्गाको हकमा बढीमा दश कठ्ठासम्म,
(ख) काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा बढीमा आठ आना र अन्य क्षेत्रमा बढीमा एक रोपनीसम्म,
(ग) पहाडी क्षेत्रको शहरी इलाकामा बढीमा एक रोपनी र अन्य क्षेत्रमा बढीमा पा“च रोपनीसम्म, र
(घ) शिक्षण संस्था र अन्य सार्वजनिक संघ संस्थाका हकमा क्षेत्रगत आधारमा सामान्यतया माथि खण्ड (क) देखि (ग) सम्म उल्लेख
भएको हदसम्म ।
(२) उपनियम (१) बमोजिम जग्गा बिक्री वितरण गर्दा भूमिसुधार अधिकारीले सम्भव भएसम्म एकासगोलका पति र पत्निको नाउ“मा संयुक्त रूपमा रहने गरी बिक्री वितरण गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम बिक्री वितरणमा जग्गा पाउने व्यक्ति वा संस्थाको नाम जग्गावालाको हैसियतले दर्ता भइसकेपछि भूमिसुधार अधिकारीले निजलाई अनुसूची– ९ बमोजिमको ढा“चामा प्रमाणपत्र दिनेछ ।
(४) ऐनको दफा २१ख. बमोजिम जग्गाको दर्ता किताब अनुसूची–१८ बमोजिमको ढा“चामा राखिनेछ ।
(५) उपनियम (१) को खण्ड (घ) बमोजिम शिक्षण संस्था वा संघ संस्थाका नाउ“मा बिक्री वितरण भएको जग्गाको साविक जग्गावालालाई दिइने क्षतिपूर्तिको सम्बन्धमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।
(६) ऐनको दफा २२ को उपदफा (४) बमोजिम जफत भएको जग्गा भूमिसुधार अधिकारीले देहाय बमोजिम पुन बिक्री वितरण गर्न सक्नेछ ः–
(क) कसैले यी नियमहरू लागू हुनुभन्दा अघि कायम रहेका नियमहरू बमोजिम जग्गा पाई ऐनको दफा २२ को उपदफा
(४) बमोजिम जफत भएको जग्गाको सम्बन्धमा त्यस्तो जग्गा बिक्री वितरणमा पाएको व्यक्ति वा निजको परिवारले नै कमाई
आएको रहेछ भने यी नियमहरू बमोजिम निर्धारित मूल्य तथा वक्यौता मालपोत समेत लिई निजलाई नै उक्त जग्गा पुन बिक्री वितरण गर्न,
(ख) खण्ड (क) बमोजिमको जग्गा सो खण्डमा उल्लेख भएको व्यक्तिले नकमाई अन्य व्यक्तिले कमाई आएको रहेछ भने सो
सम्बन्धमा ऐनको दफा २१ को अधीनमा रही उपनियम (१) र (२) बमोजिम बिक्री वितरण गर्न ।
(७) ऐनको दफा २४क. को उपदफा (२) बमोजिम जफत भएको जग्गाको हकमा उपनियम (१) र (२) को अधीनमा रही पुन बिक्री वितरण गरिनेछ ।