नियम २४
जग्गाको मोल लिने
(१) ऐनको दफा २१  बमोजिम जग्गा बिक्री वितरण हु“दा जग्गा पाउने व्यक्तिले सो जग्गाको सम्बन्धमा नियम २१ बमोजिम कायम भएको मोलको रकम एकमुष्ट वा बढीमा १० वार्षिक किस्ता सम्ममा जिल्ला भूमिसुधार अधिकारी छेउ वा निजले सो कामको लागि तोकिदिएको अड्डा वा अधिकारी छेउ बुझाउनु पर्नेछ ।
(२) त्यस्तो किस्ताको रकम काठमाडौं उपत्यका समेत पहाडी क्षेत्रकाले प्रत्येक सालको माघ मसान्त सम्ममा र तराई तथा भित्री मधेशकाले प्रत्येक सालको फाल्गुण मसान्त सम्ममा बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) अनुसार बुझाइएको रकमलाई सो बुझिलिने कार्यालय वा अधिकारीले बैंकमा दाखिल गर्नु पर्नेछ ।