नियम ११
जडिबुटीको संङ्कलन तथा बिक्री वितरण
(१) कुनै वन क्षेत्रबाट अनुसूची–३ मा उल्लेखित जडिबुटीहरु संङ्कलन गर्न चाहने जडिबुटीको किसिम, संङ्कलन क्षेत्र, परिमाण र संङ्कलन गर्ने उद्देश्य समेत खोली अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर जाचँबुझ गर्दा माग बमोजिमको जडिबुटी संङ्कलन गर्न प्रतिबन्ध लागेको नदेखिएमा अनुसूची–४ बमोजिमको ढाँचामा अधिकार प्राप्त अधिकारीले जडिबुटी संङ्कलन गर्ने इजाजतपत्र दिन सक्नेछ । (३) उपनियम (२) बमोजिम प्राप्त जडिबुटी संङ्कलन गर्ने इजाजतपत्र बमोजिम संङ्कलनगरिएको जडिबुटी त्यस्ता इजाजतपत्रसगँ भिडाई तथा संङ्कलन गरेको परिमाण जाँची अधिकार प्राप्त
अधिकारीले अनुसूची–३ बमोजिमको दस्तुर लिई अनुसूची–५ बमोजिमको ढाँचामा छोडपूर्जी दिनु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले तोकेको जातको
जडिबुटीको संङ्कलन तथा बिक्री वितरण बोलकबोल प्रथाद्वारा सबैभन्दा बढी दस्तुर कबोल गर्ने
व्यक्तिलाई दिन सक्नेछ ।
(५) अनुसूची–५ मा नपरेका र पहिचान हुन नसकेका जडिबुटीका पहिचान र बिक्री
वितरणको लागि अधिकार प्राप्त अधिकारीले नेपाल सरकारमा पेश गरी नेपाल सरकारबाट निकासा
भए बमोजिम गर्नु पर्नेछ ।