दफा ४६
जरिबाना गर्न सक्ने
: (१) दफा ४५ बमोजिम अनुगमन गर्दा कुनै सुरक्षित सदस्य संस्थाले निक्षेप सुरक्षण शुल्क छल्ने वा नतिर्ने नियतले कोषमा अपूर्ण वा झुटो विवरण उपलब्ध गराएको देखिएमा वा अन्य कुनै तरिकाबाट निक्षेप सुरक्षण शुल्क छल्ने वा नतिर्ने नियतले कोषमा अपूर्ण वा झुटो विवरण उपलब्ध गराएको जानकारी हुन आएमा कोषले त्यस्तो सुरक्षित सदस्य संस्थालाई छल्न खोजेको वा नतिरेको सुरक्षण शुल्क बराबरको बिगो भराई सो बिगो बराबरको रकम जरिबाना गर्न सक्नेछ ।
(२) कोषले उपदफा (१) बमोजिम गरेको जरीवाना यस्तो सुरक्षित सदस्य संस्थाले आगामी सुरक्षण शुल्क बुझाउने अवधिभित्र बुझाई सक्नु पर्नेछ ।
(३) कुनै सुरक्षित सदस्य संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको पूँजी पर्याप्तता अनुपात पुर्याउन नसकेको अवस्थामा कोषले तोकिदिएको वार्षिक सुरक्षण शुल्कमा शून्य दशमलव दुई प्रतिशत थप जरिबाना गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम थप जरिबाना गर्दा दफा २६ बमोजिम सुरक्षित सदस्य संस्थाले पेश गर्ने वित्तीय विवरण तथा नेपाल राष्ट्र बैङ्कद्वारा सम्बन्धित सुरक्षित सदस्य संस्थाको प्रमाणित पूँजीकोष विवरणको आधारमा गरिनेछ ।