दफा २३
जानकारी उपलब्ध गराउनु पर्ने
(१) मन्त्रालयले जलवायु परिवर्तनबाट स्थानीय समुदाय, पारिस्थितिकीय प्रणाली तथा जैविक विविधतामा परेको प्रतिकृल असर तथा जोखिमको विषयमा तोकिए बमोजिम आवधिक रुपमा अध्ययन गरी विवरण सार्वजनिक गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम गरिएको अध्ययनको आधारमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट कार्यान्वयन गरिने विकास आयोजना तर्जुमा गर्दा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असर वा जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नु पर्ने उपाय सम्बन्धी आवश्यक जानकारी मन्त्रालयले समय-समयमा सार्वजनिक गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम सार्वजनिक गरिएको जानकारीको आधारमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले बिकास आयोजना तर्जुमाको प्राथमिकता निर्धारण गर्न सक्नेछन्।