नियम
जानकारी गराउनु पर्ने
(१) ऐनको दफा ३ को खण्ड (झ) बमोजिम मनोनयन भएको
सदस्यले निजले भाग लिने पहिलो बैठक वा निज मनोनयन भएको पन्ध्र दिन मध्ये जुन
पहिलो हुन्छ सो अवधिभित्र देहायका विवरण सदस्य–सचिव मार्फत कार्यालयलाई
जानकारी गराउनु पर्नेछः–
(क) बोर्डसँग भएको कुनै ठेक्का पट्टा वा सार्वजनिक खरिदसँग
सम्बन्धित कुनै करारमा निज वा निजको एकासगोलको
परिवारको कुनै सदस्य पक्ष रहेको वा नरहेको र रहेको भए
सोको विवरण,
(ख) नेपालमा भएको कुनै विदेशी लगानीमा निज वा निजको
एकासगोलको परिवारको कुनै सदस्य साझेदार कम्पनीको
सञ्चालक वा आधारभूत शेयरधनी वा एजेन्ट रहेको वा नरहेको
र रहेको भए सोको विवरण,
(ग) ऐनको दफा ९ बमोजिमका परियोजनाका लगानीमा निज वा
निजको एकासगोलको परिवारको कुनै सदस्यको हिस्सा वा शेयर
रहे वा नरहेको र रहेको भए सोको विवरण ।
(२) उपनियम (१) बमोजिम सदस्यले जानकारी गराएको विषय बोर्डको
जानकारीमा ल्याउनु पर्नेछ र बोर्डले लिएपछि जानकारी खाममा राखी सिलबन्दी गरिनेछ ।
(३) उपनियम (२) बमोजिम कुनै सदस्यले जानकारी गराएको विषयमा बोर्डमा
प्रश्न उठेको वा अदालतको आदेश बमोजिम बाहेक सो विवरण सार्वजनिक गरिने छैन ।