दफा १६
जानकारी दिनु पर्ने
: (१) नेपाल राष्ट्र बैङ्कले बैङ्क वा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गरेमा सोको जानकारी कोषलाई दिनु पर्नेछ ।
(२) सुरक्षित सदस्य संस्थाले नेपाल राष्ट्र बैङ्कबाट प्रचिलत कानून बमोजिम गाभ्ने, गाभिने  वा अन्य कारणबाट आफ्नो नाम परिवर्तन गर्ने सैद्धान्तिक सहमति प्राप्त गरेमा सोको जानकारी कोषलाई दिनु पर्नेछ ।