दफा १३९
जानकारी दिनुपर्ने
(१) अधिकार प्राप्त अधिकारी, यातायात निरीक्षक वा प्रहरीले कुनै सवारीको सम्बन्धमा मागेको कुनै पनि जानकारी सो सवारीको धनीले निजहरूलाई दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको जानकारी सार्वजनिक सवारी वा त्यसको चालक, परिचालक, सुरक्षाकर्मी वा त्यस्तो सवारीमा काम गर्ने कुनै कर्मचारीसँग सम्बन्धित भएमा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले त्यसरी मागिएको जानकारी अधिकार प्राप्त अधिकारी वा यातायात निरीक्षक वा प्रहरीलाई यथाशीघ्र दिनु पर्छ ।