दफा ४७
जानकारीका लागि लेखी पठाउने
:  (१) कोषले देहायको कार्य गर्ने सुरक्षित सदस्य संस्थाको सम्बन्धमा सो सम्बन्धी विवरण तथा आवश्यक कागजात समेत संलग्न गरी जानकारीका लागि नेपाल राष्ट्र बैङ्क समक्ष लेखी पठाउनु पर्नेछ :-
 (क)     दफा १८ बमोजिम निवेदन नदिने,
 (ख)  दफा २१ बमोजिम वार्षिक सुरक्षण शुल्क नबुझाउने,
 (ग)  दफा २३ बमोजिम विशेष योगदान नबुझाउने,
 (घ)  दफा २५ बमोजिम विलम्ब शुल्क नबुझाउने,
 (ङ)  दफा २६ बमोजिमको सूचना तथा विवरण उपलब्ध नगराउने,
 (च)  दफा २८ बमोजिमको वित्तीय विवरण नबुझाउने,
 (छ)  यो ऐन बमोजिम लागेको अन्य जरिबाना वा वार्षिक सुरक्षण शुल्क नबुझाउने, वा
 (ज)  निक्षेप, निक्षेपकर्ता र वार्षिक सुरक्षण शुल्क सम्बन्धी तथ्याङ्क, सूचना असत्य वा झुटो रुपमा कोषसमक्ष पेश गर्ने ।
(२) कोषले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क वा वित्तीय संस्थाले दफा १५ बमोजिम सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गर्न निवेदन नदिएमा सोको जानकारी समेत नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएपछि नेपाल राष्ट्र बैङ्कले सम्बन्धित सुरक्षित सदस्यलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ ।