दफा
जिल्ला प्रशासन

(१) जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्नको लागि प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहनेछ । नेपाल सरकारले सो कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रूपमा काम समेत गर्ने गरी प्रत्येक जिल्लामा एकजना प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्नेछ । प्रमुख जिल्ला अधिकारीले प्रचलित कानून, नेपाल सरकारको नीति, निर्देशन रेखदेखमा रही नेपाल सरकारको प्रतिनिधिको रूपमा काम गर्नेछ ।
(२) अदालत र रक्षा सम्बन्धी कार्यालयहरू  बाहेक नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको जिल्ला स्तरका कार्यालयहरू जिल्ला प्रशासन कार्यालयको शाखाका रूपमा रहनेछन् ।
(३) उपदफा (२) बमोजिम जिल्ला प्रशासन कार्यालयको शाखाको रूपमा रहेको जिल्ला स्तरका कार्यालय वा सोही कार्यालयका अधिकृतले प्रयोग गर्न पाउने गरी प्रचलित नेपाल कानून बमोजिम तोकिएको अधिकार वा कुनै न्यायिक वा अर्ध न्यायिक अधिकारको प्रयोगका हकमा प्रमुख जिल्ला अधिकारीको कुनै नियन्त्रण रहने छैन ।
(४) उपदफा (२) बमोजिम जिल्ला प्रशासन कार्यालयको शाखाको रूपमा रहेका जिल्ला स्तरका कार्यालयहरू माथि रेखदेख, नियन्त्रण र निर्देशन दिने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी वा अन्य अधिकारीको अधिकार र कर्तव्य यस ऐन अन्तर्गत बनेको नियमद्वारा व्यवस्थित हुनेछ ।
(५) प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) जिल्लामा शान्ति, व्यवस्था र सुरक्षा कायम राख्ने,
(ख) जिल्लाभित्र नेपाल सरकार,  नगरपालिका वा गाउँपालिकाले सञ्चालन गरेका विकास कार्यहरूमा सहयोग पुयाउने,
(ग) जिल्लाभित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने, गराउने,
(घ)
(ङ)
नेपाल सरकारले समयमा समयमा दिएका आदेश वा निर्देशन अनुसार अन्य काम कारवाही गर्ने ।
(६)...