नियम १६
जिल्लान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
यो नियमावलीको अधीनमा रही जिल्ला सरकारी वकील कार्यालयका जिल्लान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) ऐनको अनुसूचीभित्रका मुद्दा वा नेपाल सरकार वादी हुने मुद्दामा प्रहरी वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात एवं छानबिन गरी आवश्यक कारबाहीका लागि आएका मिसिलहरुमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भएबमोजिम मुद्दा चल्ने नचल्ने निर्णय गर्ने,
(ख) ऐनको अनुसूचीभित्रका मुद्दा र नेपाल सरकार वादी हुने मुद्दामा कुनै अड्डा, अदालत समक्ष उपस्थित भै बहस पैरवी गर्ने,
(ग) नेपाल सरकारलाई सरोकार पर्ने अन्य जुनसुकै मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्ने,
(घ) प्रचलित कानूनबमोजिम कार्यालय प्रमुखलाई भएका अधिकार एवं जिल्लान्यायाधिवक्ताले गर्ने भनी तोकिएका अन्य काम कारबाही गर्ने,
(ङ) जिल्ला स्थित कुनै सरकारी कार्यालय वा सो कार्यालयको प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय दिने,
(च) यस नियमावलीबमोजिम जिल्लान्यायाधिवक्तालाई भएको अधिकार निजको निर्देशनमा रही सहायक जिल्लान्यायाधिवक्ताले प्रयोग गर्न सक्नेछ ।