दफा ३३
जैविक तथा वैयक्तिक विवरण गोप्य रहने
(१) तथ्याङ्क भण्डारमा रहेको व्यक्तिको जैविक तथा वैयक्तिक विवरण गोप्य राखिनेछ र दफा ३४ बमोजिमको अवस्थामा बाहेक अन्य कुनै निकायलाई उपलब्ध गराइने छैन।

(२) उपदफा (१) माँ जुनसुकै कुरा लेखिएको भए तापनि देहायको प्रयोजनको लागि तथ्याङ्क भण्डारमा रहेका व्यक्तिको विवरण विभागले गोप्य रुपमा रूजु (भेरिफिकेशन), भिडान (डिडुप्लिकेशन) र पहिचान (आइडेन्टिफिकेशन) गरी सोको परिणाम कानून बमोजिम सम्बन्धित निकाय वा अधिकारीलाई उपलब्ध गराउन बाधा पर्ने छैनः-

(क) कसुरको अनुसन्धान तथा अभियोजनको लागि प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीले माग गरेमा,

(ख) अदालतले माग गरेमा,

(ग) सम्बन्धित व्यक्तिले माग गरेमा ।