दफा ३०
डीन तथा निर्देशक हटाउने
(१) दफा २६ को उपदफा (३) र दफा २८ को उपदफा -(३) मा जुनसुकै कुरा लेखिएको भए तापनि डीन तथा निर्देशकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पंद अनुरुपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी कसैले पनि उपकुलपति समक्ष निवेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको निवेदनमा उल्लिखित व्यहोरा विश्वसनीय हो भन्ने आधार देखिएमा छानबिन गर्ने प्रयोजनको लागि कार्यकारी परिषद्ले कार्यकारी परिषद्को कुनै सदस्यको अध्यक्षतामा तीनजना सदस्य रहेको एक छानबिन समिति गठन गर्न सक्नेछ।

(३) उपदफा (२) बमोजिमको छानबिन समितिले छानबिन गर्दा डीन वा निर्देशकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको देखिएमा त्यस्तो डीन वा निर्देशकलाई पदबाट हटाउन कार्यकारी परिषद्मा सिफारिस गर्नेछ।

(४) उपदफा (३) बमोजिम सिफारिस प्राप्त भएमा कार्यकारी परिषद्ले त्यस्तो डीन वा निर्देशकलाई पदबाट हटाउन- उपकुलपति समक्ष सिफारिस गर्नेछ।

(५) उपदफा (२) बमोजिमको छानबिन समितिले पदबाट हटाउने गरी सिफारिस गर्नुपूर्व सम्बन्धित व्यक्तिलाई सफाइ पेस गर्न मनासिब मौका दिनु पर्नेछ।

(६) उपदफा (४) बमोजिमको सिफारिसको आधारमा उपकुलपतिले डीन वा निर्देशकलाई पदबाट हटाउनेछ।