दफा २७
डीनको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित, काम, कर्तव्य र अधिकारको अतिरिक्त डीनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) स्कूल प्रमुखको रूपमा प्राज्ञिक तथा शैक्षिक नेतृत्व गर्ने,
(ख) स्कूल अन्तर्गतका विषयमा पठनपाठन र अनुसन्धानको स्तर विकासका लागि: आवश्यक पर्ने कार्य गर्ने वा गराउने,
(ग) स्कूल अन्तर्गत सञ्चालित पठनपाठन र अनुसन्धानको गुणस्तर विकासका लागि आवश्यक कार्य गर्ने वा गराउने,
(घ) स्कूल अन्तर्गत सञ्चालित शैक्षिक एवं अनुसन्धानको लागि (सहयोग र सुविधा दिन सिफारिस गर्ने,
(ङ) कार्यकारी परिषद्बाट तोकिएका आफ्नो स्कूल अन्तर्गत सञ्चालित पठनपाठनको निरीक्षण, व्यवस्थापन, रेखदेख र समन्वयकर्ताको रूपमा काम गर्ने; र
(च) उपकुलपतिले तोकेको अन्य काम गर्ने वा गराउने।
(२) उपदफा (१)-बमोजिम डीनले कार्य गर्दा उपकुलपतिको सामान्य नियन्त्रण र निर्देशनमा रही गर्नु पर्नेछ ।