दफा ५९
ड्राफ्ट भुक्तानी गर्ने दायित्वबाट मुक्ति
कुनै बैङ्कको एक कार्यालयको सोही बैङ्कको अर्को कार्यालयबाट माग्नासाथ अह्राएकोलार्ई भुक्तानी पाउने गरी खिचेको ड्राफ्टमा भुक्तानी पाउने वा निजले दरपीठ गरिएको व्यक्तिलार्ई रीतपूर्वकको भुक्तानी भएपछि भुक्तानी दिने बैङ्क दायित्वबाट मुक्त हुनेछ ।